न्युजिल्याण्डविरुद्धको जित्नैपर्ने खेलमा दक्षिण अफ्रिकाका लुंगी एनगिडी फर्कने सम्भावना

 असार ३, २०७६ मंगलबार १७:१५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तीन खेलमा बाहिर बसेपछि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडी न्युजिल्याण्डविरुद्धको खेल मार्फत विश्वकपमा फर्कने भएका छन् ।

शारीरिक परीक्षणमा फिट रहेपछि बुधबार एडबास्टनमा हुने र जित्नै‍पर्ने खेलमा एनगिडी खेल्ने सम्भावना बढेकाे हाे । जुन २ मा बंगलादेशविरुद पराजित भएको खेलमा उनलाई चोट लागेको थियो जसका कारण २३ वर्षीय यी बलरले ३ खेल गुमाउनुपरेकाे थियाे ।

सोमबार उनले पत्रकारहरुलाई आफू खेल्नका लागि आतुर रहेको बताएका थिए । सुरुमै लगातार तीन हार र वेष्ट इन्डिजविरुद्धको खेल वर्षाका कारण रद्द भए पनि दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध भने सहज जित हात पारेको थियो ।

एनगिडीले अब दक्षिण अफ्रिकाको तीव्र गतिकाे आक्रमणलाई बलियो बनाउने विश्वास लिइएकाे छ । विश्वकप सुरु हुनुअघि नै डेल स्टेनको चोटले दक्षिण अफ्रिकालाई धक्का लागेकाे थियो । एनगिडीले कगिसो रबाडासँगै बलिङ ओपन गर्ने सम्भावना रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया