भैरहवा विमानस्थलबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

 असार ३, २०७६ मंगलबार १८:६:१७ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही - रुपन्देहीको गौतमबुद्ध विमानस्थल भैरहवाबाट हतियारसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारत लखनउका ५० वर्षीय उमेश शुक्ला हतियारसहित पक्राउ परेका हुन् । 'मेड इन चेकोस्लोभाकिया' लेखेको पेस्तोल र त्यसमा लाग्ने १६ राउण्ड गोलीसहित उनी पक्राउ परेको प्रहरीले बताएको छ ।

दिउँसो १ बजेको बुद्ध एअरबाट पोखरा जाने क्रममा उनको झोला विमानस्थलको एक्सरे मेसिनले चेक गर्दा पेस्तोल भएको पुष्टि भएपछि पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । शुक्लामाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया