हुम्ला जीप दुर्घटना : अहिलेसम्म १० जना यात्रु रहेकाे पुष्टि

 असार ३, २०७६ मंगलबार १८:२४:५८ | रासस
unn.prixa.net

हुम्ला - खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु १ ज ७१६६ नम्बरको  जीप कर्णाली नदीमा खसेर बेपत्ता हुनेको सङ्ख्या १० पुगेको छ ।

खार्पुनाथ गाउँपालिका–५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट आज अपराह्न गाडी दुर्घटना भएको हो । बेपत्ता हुनेमा १० जना पुगेको घटनास्थल रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा परि बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उहाँका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ ।

यसैगरी खार्पुनाथ गाउँपालिका–१ काकौर कामी  र  उहाँका दुई वर्षका छाेरासमेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वेल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उहाँको परिचय खुल्न सकेको छैन ।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका बेडुबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिनुभयो ।

दुर्घटनास्थलमा चार वटा हेलिकप्टर खटिएको जानकारी प्राप्त भएको छ भने गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी खोजीमा परिचालित गरिएको सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिनुभयो । 

हुम्ला जीप दुर्घटना : तालिमप्राप्त गाेताखाेर नहुँदा उद्दारमा ढिलाइ

हुम्लामा गाउँपालिका उपाध्यक्ष चढेकाे जीप कर्णालीमा खस्याे, अवस्था अज्ञात

 

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया