भाइरल ज्वरो : यी कुरामा ध्यान दिनुहोस्

 असार ४, २०७६ बुधबार ८:५३:२ | विना न्याैपाने
unn.prixa.net

भाइरल ज्वरो सरुवा रोग हो । रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरीरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छ ।

लक्षणहरु :

एक्कासी ज्वरो बढ्नु ।
छिनमा चिसो छिनमा तातो महसुस हुनु ।
हल्का खोकी लाग्नु ।
शरीर दुख्नु, जोर्नी दुख्नु ।
वाकवाकी लाग्नु, कम्जोर महसुस हुनु ।
अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु ।
आँखा रातो हुनु । 

ध्यान दिनुपर्ने कुरा :

जथाभावी एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन ।
औषधिको डोज पूरा गर्नुपर्छ । बीचमै औषधि खान छोडिदिनु भयो भने एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया उत्पन्न हुन सक्छ । 
ज्वरोलाई कहिल्यै पनि हेलचेक्राईं गर्नु हुँदैन । 
तत्काल अस्पताल जान सकिएन भने घरमा नै सामान्य उपचार गर्नु पर्छ  । 

रोगबाट बच्ने उपाय :

व्यक्तिगत सरसफाईको बारेमा विशेष ध्यान दिनुपर्छ ।
साबुन पानीले नियमित रुपमा दैनिक तीन चार पटक हात धुनुपर्छ ।
भीडभाडमा जानु हुँदैन । 

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ५, २०८१

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया