चेन्नईलाई अब वर्षाले मात्र बचाउन सक्छ : जल विभाग

 असार ४, २०७६ बुधबार १२:४:२० | एजेन्सी
unn.prixa.net

भारतकाे चेन्नईमा पानीको स्रोत सुक्दै गइरहेको छ । चेन्नई शहर अब पानी निकाल्ने नयाँ योजना खोजिरहेको छ । चेन्नईको सबै इलाकामा पानीको चरम अभाव देखिएको छ । 

पानीको अभाव देखिएसँगै पानीको नयाँ स्रोत खोजिदैँछ भने भएका पानीको स्रोतलाई गहिरो बनाउने काम भैरहेको छ । जमिनमुनिबाट पानी निकाल्ने अर्थात् बोरवेल खन्ने कामलाई पनि तीव्रता दिइँदैछ ।

चेन्नईको जल विभागले १५० लाख लिटर पानी विरानम तालबाट निकाल्न खोज्दैछ, जुन तमिलनाडुको ठूलो पानीको स्रोत हो । चेन्नईको जल विभागले बोरवेल खनेर नै धेरैभन्दा धेरै पानी निकाल्ने फैसला गरेको छ । 

चेन्नईको जल विभागका अधिकारीका अनुसार, अब वर्षाले मात्र चेन्नईलाई जोगाउन सक्छ । सरकारले भने केही पानीको स्रोत खोज्ने कोसिस गरिरहेको छ।

पानीको अभावकै कारण चेन्नईका कैंयौ होटल र रेष्टुरेन्ट बन्द भएका छन् । केही सञ्चार प्रविधि कम्पनीहरुले पानीको अभावका कारण आफ्ना कर्मचारीहरुलाई घरबाटै बसेर काम गर्न भनेका छन् ।

पानीकै लागि विभिन्न ठाउँमा झडपहरु हुनुका साथै केहीले ज्यान पनि गुमाएका छन् । पानीको ट्याङकरबाट पानी लिनकै लागि प्रत्येक दिन झडपका खबरहरु आइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया