लाेकसेवाकाे कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटमा एकै पटक सुनुवाइ हुने

 असार ४, २०७६ बुधबार १४:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सर्वोच्च अदालतले लोक सेवा आयोगले खुलाएको कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटलाई एकै पटक सुनुवाइ गर्न आदेश दिएको छ । 

भर्नासम्बन्धमा विभिन्न चार वटा मुद्धाका साथै कर्मचारीले पनि मुद्धा हालेकाले सबै मुद्धा एकै ठाउँमा राखेर पेशी चढाउन आदेश दिएको हो । 

न्यायाधीशद्वय हरिकृष्ण कार्की र इश्वर खतिवडाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । 

लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।

यी चार निवेदनमा सर्वाेच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । 

* ‘लाेकसेवाकाे कर्मचारी भर्नासम्बन्धी विषयमा परेका सबै रिटमा एकै पटक सुनुवाइ हुने’ हुनुपर्नेमा यसअघि ‘समावेशिताका आधारमा पुन: विज्ञापन गर्न लाेक सेवा आयाेगलाई सर्वाेच्च अदालतकाे  निर्देशन’ शीर्षकमा समाचार प्रकाशित हुन गएकाेमा क्षमाप्रार्थी छाैँ  । - सम्पादक

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • अर्जुन देउबा

    June 21, 2019, 12:58 p.m.

    याे पत्रिका पनि भद्दा रहेछ । शिर्षाक एउटा समाचार अर्कै । वाइहात ।चुस्त दुरुस्त समाचार पढ्ने पाठकलाइ भद्दाहरुले आफुजस्तै भुत्ते बनाउने भए ।

  •  0 Reply

तपाईको प्रतिक्रिया