विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई दियाे २४२ रनकाे विजयी लक्ष्य

 असार ४, २०७६ बुधबार २०:४०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य दिएको छ ।

पानी परेपछि १ ओभर छोट्याएर ४९ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेका अफ्रिकाले ६ विकेट गुमाएर २४१ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि रसी भान डेर डुसेनले सर्वाधिक नट आउट ६७ रन बनाउँदा हसिम अमलाले ५५ रन जोडे । एडिन मक्रमले ३८ रन बनाउँदा डेभिड मिलरले ३६ रनको योगदान गरे ।

बलिङतर्फ न्यूजिल्याण्डका लागि लकी फर्गुशनले ३ विकेट लिए ।

जारी प्रतियोगितामा अफगानिस्तानलाई मात्रै पराजित गरेको अफ्रिकाले बुधबारको खेल जित्नै पर्ने दबाब रहेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया