आन्दोलनमा एम्बुलेन्सलाई बाटो (भिडियो)

 असार ४, २०७६ बुधबार २२:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा आन्दोलन वा प्रदर्शन भन्नेबित्तिकै के सम्झनहुन्छ ? तोडफोड, बन्द, आगजनी, ढुङ्गा हानाहान । प्रदर्शनका क्रममा एम्बुलेन्सले बाटो नपाउँदा बिरामीको ज्यान बाटोमै गएका समाचार पढेका सुनेका छौँ हामीले ।

कतिपय घटनामा चालक गाडीमै भएको अवस्थामा समेत आगजनी गरिएको छ ।

साइरन बजाएर आएका एम्बुलेन्सलाई प्राथमिकता दिएर बाटो छाड्दा बिरामीको ज्यान त जोगिन्छ । सन्देश पनि गतिलै जान्छ । 

गुठी विधेयकको विरोधमा उत्रिएका उपत्यकावासीले एम्बुलेन्सलाई बाटो दिएको भिडियो यति बेला चर्चामा छ । बुधबार माइतीघरमा भएको प्रदर्शनमा प्रदर्शन गर्न लायक धेरै कुराहरु थिए । गायक योगेश्वर अमात्यले प्रहरीलाई फूल बाँडेको देखि प्रदर्शनकारीले फोहोर उठाएकासम्मका घटनाको चर्चा भैरहेको छ ।

केही दिनअघि हङकङमा सुपुदर्गी विधेयकको विरोधमा सडकमा लाखौँ मानिस ओर्लँदा पनि एम्बुलेन्सले सहज रुपमा बाटो पाएको थियो । त्यस घटनालाई विश्वभरमा सञ्चार माध्यमले प्रशंसा गरेका थिए ।

भारतमा पनि विभिन्न आन्दोलनका क्रममा एम्बुलेन्सलाई बाटो दिएका भिडियो बेला बखत देखिन्छन् ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

2 Comments

  • Lokendra

    June 20, 2019, 8:34 a.m.

    अति नै सराहनिय यो कार्य को म खुलेर अन्तर आत्मा देखी नै प्रशंसा गर्दछु । हरेक नेपाली ले सिक्नु पर्ने र हरेक राज्नितिक पार्टिले गर्नु पर्ने कार्य हो । फोहर मैला ब्यबस्थापन देखी प्रहरी लाई पानी फूल ले पनी धेरै सौहाद्रता पूर्ण व्यबहार देखायो । जसले यो आन्दोलन र बिरोधको चौतर्फी राम्रो पन देखियो । आन्दोलन का सम्योजक र ब्यवस्थापन कर्तालाई सलाम

  •  0 Reply
  • Dilip sapkota

    June 20, 2019, 6:29 a.m.

    एकदम राम्रो , देश राम्रो हुँदैछ , अब नेपालीहरुको सोच नै बदलियो /

  •  0 Reply

तपाईको प्रतिक्रिया