हुम्ला जीप दुर्घटना : सबैकाे निधन भएकाे भन्दै गाउँपालिकाद्वारा शोक प्रस्ताव पारित

 असार ५, २०७६ बिहिबार १७:२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका ५ मा गएको मंगलबार भएको जीप दुर्घटनामा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई गाउँपालिकाले १०/१० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । 

१० जना चढेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनाबाट कर्णाली नदीमा खसेको थियो ।  

जीप सहित नदिमा खसेका व्यक्तिहरुको अवस्था अझैसम्म पनि थाहा हुन सकेको छैन । खोजीमा तालिम प्राप्त गोताखोरसहितको टोली बुधबारबाटै खटिएको भए पनि अझैसम्म पनि भेट्न सकेको छैन ।  

तर गाउँपालिकाको कार्यसमिति बैठकले भने बेपत्ता भएकाहरुको मृत्यु भएको ठहर गर्दै शोक प्रस्ताव पारित गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भीमराज शाहीले बताउनुभयो ।

शोक प्रस्ताव पारित गर्दै बेपत्ता भएका व्यक्तिका परिवारलाई क्रिया खर्चबापत १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो । 

खोजीका क्रममा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीले बोकेको ब्याग फेला परेको भए भए पनि जीप र त्यसमा रहेका यात्रु फेला नपरेको र खोजी भइरहेको वडा नम्बर पाँचका वडाध्यक्ष भीमराज शाहीले बताउनुभयो । 

हराइरहेको जीपसहित त्यसमा रहेका यात्रुको खोजीका लागि गोताखोरसहित सशस्त्र प्रहरीको १० जनाको टोली खटिएको छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया