युवराज सि‌ंहले ग्लाेबल टी-२० लिग खेल्ने

 असार ६, २०७६ शुक्रबार ६:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका भारतीय क्रिकेटर युवराज सिंह फेरि मैदानमा उत्रने भएका छन् । उनी टी–२० खेल्नेछन् ।

त्यसका लागि  उनले आईपीएल नभई ग्लोबल टी–२० का लागि खेल्नेछन् । क्यानडामा आयोजना हुने ग्लाेबल टी-२० लिगमा उनी टोरोन्टो नेसनल्सका लागि खेल्ने तय भएको छ । सन्यासपछि उनले विदेशी लिग खेल्नका लागि बीसीसीआईसँग अनुमति मागेका थिए ।

बीसीआईले आफ्ना कुनै पनि खेलाडीलाई आईपीएलका कारण अन्य विदेशी लिग खेल्न दिएको छैन । तर सन्यास लिइसकेकाले उनले खेल्न पाउने तय जस्तै छ । यसअघि विरेन्द्र सहवागले पनि टी–१० लिग खेलेका थिए । युवराजलाई क्यानडाको टोरन्टोले मार्की  खेलाडीको रुपमा ड्राफ्टमा समावेश गरेको छ । युवराजले सन्यास घोषणा गर्दा टी–२० लिग खेल्ने बताएका थिए ।

सन २००० मा भारतका लागि डेव्यु गरेका युवराजले ४ सय बढी अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । ग्लोबल टी–२० लिगमा युवराजको टिममा न्यूजिल्याण्डका पूर्व खेलाडी ब्रेन्डन म्याकुलम पनि सहभागी हुने छन् ।

यो लिगमा डेरेन सामी, जेपी डुमेनी, क्रिस लिग, केन विलियमसन, क्रिस गेल, जर्ज बेली जस्ता क्रिकेटर भाग लिने जनाइएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया