भारतको हिमाचलमा बस दुर्घटना: सडकबाट ५ सय फिट तल खस्दा कम्तीमा ४४ को ज्यान गयो

 असार ६, २०७६ शुक्रबार १६:३२:० | एजेन्सी
unn.prixa.net

भारतकाे हिमाचल प्रदेशको कुल्लुमा बिहीबार साँझ भएको बस दुर्घटनामा कम्तीमा ४४ जनाले ज्यान गुमाएका छन् । बस सडकबाट पाँच सय फिट तल नदीमा खसेको बताइएकाे छ ।  

दुर्घटनामा कम्तीमा २९ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा धेरै महिला र बालबालिकाहरु रहेको जिल्लाका एसपी शालिनी अग्निहोत्रीले बताएका छन् ।बिहीबार साँझ चार बजे बंजारबाट गाडागुशैणीको लागि छुटेको बस दुई किलोमिटर गुड्न नपाउँदै सडकबाट पाँच सय फिट तल खसेको थियो । 

स्थानीय प्रशासनका अनुसार बसमा ७५ जना सवार थिए, जसमा धेरै विद्यार्थीहरु रहेका थिए । उनीहरु विद्यालयमा भर्ना गरेर फर्किएका थिए । 

बसका चालकले खतरनाक घुम्तीमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ । दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री र कांग्रेस अध्यक्ष राहुल गान्धीले शोक प्रकट गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया