सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : तीन जनाको ज्यान गयो, बेहुल...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – पूर्वी भेगबाट बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्यक्षेत्रमा आइपुगेको छ ।
यो मनसुन विस्तारै पश्चिम सर्ने क्रममा रहेको छ । मनसुन पश्चिमसम्म पुग्न अझै दुई दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो वर्षको मनसुन १० दिन ढिलो गरी बिहीबार मात्रै नेपाल भित्रिएको हो । पूर्वबाट बगेको जलवाष्पसहितको हावा पश्चिम पुगेपछि मात्र देशैभर मनसुन सक्रिय हुनेछ । नेपालमा मनसुनी वायु प्रवेश गरे पनि निरन्तर पानी पार्ने प्रणाली भने अहिले सक्रिय छैन ।
अबको दुई दिन पूर्वमा बढी र मध्य तथा पश्चिममा कम पानी पर्ने अनुमान गरिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । यतिबेला मध्य र पश्चिम क्षेत्रमा वर्षा भैरहेको छ । बिहीबार राति पनि काठमाण्डौ उपत्यकाभित्रका केही क्षेत्रमा ठूलो र कहिँ छिटफुट वर्षा भएको छ ।
शुक्रबार बेलुकीपख पनि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । देशको पूर्वी तथा मध्यभागमा बदली रहने र पश्चिमी भागमा आशिंकदेखि सामान्य बदली हुनसक्ने उहाँले बताउनुभयो ।