प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
पाकिस्तानविरुद्ध पहिलो खेलमा हासिल गरेको सफलता दोहोर्याउन नसकेको वेष्ट इण्डिजले विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्नका लागि बाँकी सबै खेल जित्नुपर्ने चुनौती छ ।
यस्तो अवस्थामा उसले प्रतियोगिताको अर्को अपराजित टोली न्यूजिल्याण्डबिरुद्ध शनिबार ओल्ड ट्राफोडमा प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।
म्यानचेस्टरमा शनिबार वर्षाको सम्भावना छैन । सुख्खा साँझमा फष्ट बलरहरुका लागि अनुकुल पीच हुने देखिन्छ । पछिल्ला दुई खेलमा टस जितेर कप्तानहरुले ब्याटिङ रोजेका छन् ।
वेष्ट इण्डिजले पछिल्ला केहि खेलमा असन्तुलित प्रदर्शन गरिरहेको छ । बंगलादेशविरुद्ध ३२१-८ को योगफल खडा गर्नुका बाबजुद ८.३ ओभर बाँकी छँदै पराजित हुने अवस्था उसका लागि पक्कै पनि सुखद होइन ।
उसका अनुभवी खेलाडीहरु क्रिश गेल, आन्द्रे रसेलजस्ता स्टारहरुले अहिलेसम्म उल्लेखनीय प्रदर्शन गर्न सकेका छैनन् । उनीहरुको मध्यक्रमले अनावश्यक दवाव सामना गरिरहेको देखिन्छ ।
अहिलेसम्म पाँचमध्ये ४ खेलमा स्पष्ट जित निकालेको न्यूजिल्याण्डले भारतविरुद्धको खेल वर्षाका कारण रद्ध भएपछि अंक बाँडेको थियो । अंकतालिकाको शीर्ष क्रममै रहनु उसको आत्मविश्वासका लागि सबैभन्दा ठूलो कडी हो ।
शीर्ष क्रमका ब्याट्सम्यानहरुकै प्रदर्शनमा उसले अफगानिस्तान र श्रीलंकाबिरुद्ध सहज जित निकालेको थियो । दक्षिण अफ्रिकाविरुद्ध केन विलियम्सनसँगै ग्राण्डहोमको प्रदर्शन पनि उल्लेखनीय थियो । जसले मिडल अर्डरमा ब्याटिङ गरेका थिए ।
न्यूजिल्याण्डका ३ अलराउण्डरुहरु जिम्मी निशम, कोलिन ग्राण्डहोम र मिचेल सान्टनरले आवश्यक समयमा ब्याटबाट पनि महत्वपूर्ण योगदान गरिरहेका छन् । त्यसैले यस विश्वकपमा सन्तुलित टिममध्येको एक हो, न्यूजिल्याण्ड ।