पछिल्लो समय ‘छुल्याइँ’ लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास हुँदै गयाे: नेकपा नेता बिडारी

 असार ७, २०७६ शनिबार १९:५४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दलका नेता राम नारायण बिडारीले पछिल्लो समय राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको बताउनुभएको छ । 

थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी व्यक्तित्व रुपचन्द्र बिष्टको २० औ स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले रुपचन्द्रले परिभाषित गरेको राजनीति र वर्तमान अवस्थामा सर्वसाधरणले बुझ्ने गरेको राजनीतिमा आमूल भिन्नता भएको बताउनुभएको हो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति बिडारीले बिष्टले जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति भनेर परिभाषित गर्ने गरेको उल्लेख गर्दै पछिल्लो समय ‘छुल्याइँ’ लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रुपचन्द्रले राजनीतिको व्याख्या गर्नुभयो । नागरिकको हितका निम्ति गरिने नीतिको नाम राजनीति । अहिले हामीले राजनीति के भन्छौ रे? गाउमा छुल्याइँ र बठ्याइँ गर्यो भने हेर, त्यो रामेले कस्तो राजनीति गरेछ यार । हामी त्यहाँ पुग्यौँ ।’

कार्यक्रममा उहाँले विष्टले व्याख्या गर्ने गान्धीवाद र माक्र्सवादको पनि चर्चा गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया