पेरुको पोस्टमा पाँच गोल हान्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा

 असार ८, २०७६ आइतबार ७:५३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

पेरुको पोस्टमा पाँच गोल हान्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ । साओ पाउलोमा हात पारेको जितसँगै ब्राजिल समूह विजेता बन्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।

ब्राजिलका लागि १२औं मिनेटमा कासिमिरोले गोल गर्दै अग्रता दिलाएका थिए । १९औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गरे । ३२औं मिनेटमा एभर्टनले गोल गर्दै ब्राजिललाई पहिलो हाफअघि ३–० को अग्रता दिलाए ।

५३औं मिनेटमा डानी एलभेसले र ९०औं मिनेटमा विलियनले गोल गरेपछि पेरु पराजित भयो । तीन खेल सकिँदा चार अंक बनाएको पेरुको उत्कृष्ट उपविजेता बन्दै नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।

बेलिभिलाई ३–१ ले हराउँदै भेनेजोयला पनि क्वार्टर फाइनलमा पुगेको छ । बोलिभियालाईं हराएपछि भेनेज्वयला समूह एको उपविजेता बनेको छ । भेनेजोयलाको जितमा डार्विन माचिसले दुई गोल गरे । उनले दोस्रो र ५५औं मिनेटमा गोल गर्दै भेनेजोयलालाई अग्रता दिलाएका थिए ।

८२औं मिनेटमा जस्टिनियानोले बोलिभियाका लागि गोल गर्दै अग्रता २–१ मा झारे । तर ८६औं मिनेटमा जोसेफ मार्टिनेजले गोल गरेपछि भेनेजोयला विजयी भयो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया