अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
रसुवा – पहिरोका कारण बन्द भएको रसुवागढी नाका जोड्ने सडक १२ घण्टापछि खुलेको छ ।
शनिबार बेलुकी ८ बजेतिर लिङलिङमा पहिरो खसेपछि अवरुद्ध भएको स्याफ्रुबेसी–रसुवागढी सडकखण्डमा अहिले गाडी चल्न थालेका छन् ।
बिहान साढे ८ बजेतिर सडक खुलाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुुभयो ।
सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाण्डौ जान लागेका करिब ५० ओटा मालवाहक कन्टेनर रोकिएका थिए ।