उपप्रमुखकै नेतृत्वमा नगरपालिकाको कार्यालयमा तोडफोड

 असार ८, २०७६ आइतबार ९:४०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – औरही नगरपालिकाको कार्यालयमा शनिबार राति तोडफोड भएको छ । नगरपालिकाको उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो ।

कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन, २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु शनिबारको दिन आएर मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि विवादले उग्ररुप लिएको प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो । 

कामको चापले गर्दा शनिबार पनि काम गर्न बाध्य भएको नगरप्रमुख सुनिलकुमार यादवलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अचार्यले बताउनुभयो । कार्यालय तोडफोड गर्ने क्रममा उपप्रमुख पक्षको राजपाको नेता ज्ञानु झा घाइते हुनुभएको छ । उहाँको स्थानीय क्लिनिकमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • alex pardian

    June 23, 2019, 9:52 a.m.

    मलाई त लाग्दैन की कुनै ब्यक्ति तोड़फोड़ गर्ने अवस्थामा तोड़फोड़ गर्ने ब्यक्ति घाइते हुन्छ। बरु समान हरु घाइते हुन्छ तर ब्यक्ति घाइते हुदैन ।sorry correction this point 😂😂😂😂😂😂😂😂😂😂😂😂

  •  0 Reply

तपाईको प्रतिक्रिया