मिडिया काउन्सिल विधेयक खारेज गर्न पत्रकारहरुको माग

 असार ८, २०७६ आइतबार १०:३६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – १० बुँदे घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । 

संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग सहितका विभिन्न बुँदा समेटिएको घोषणा पत्र जारी गर्दै साधारण सभा धनगढीमा सम्पन्न भएको हो । यस्तै घोषणा पत्रमा संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने प्रकारका नीति तथा कानून नल्याउन समेत सरकारलाई आग्रह गरिएको छ ।

साधारणसभाले यथाशीघ्र नयाँ सञ्चार नीति ल्याउन, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा गर्दै न्यूनतम पारिश्रमिक लागू गर्न, सञ्चारसँग सम्बन्धित प्रेस काउन्सिल, सूचना विभाग, सूचना आयोगलगायतका निकाय प्रदेशस्तरमा स्थापना गर्न समेत माग गरेको छ ।

घोषणापत्रमा पत्रकार आचारसंहिताको पूर्णपालना गर्न पत्रकारलाई आह्वान गरिएको छ ।

 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया