कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
अमेरिकाले इरानको हतियार प्रणालीविरुद्ध साइबर आक्रमण सुरु गरेको छ । इरानमाथि हवाइ हमला नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलापछि यस्तो कदम चालिएको एक प्रतिवेदनले दावी गरेको छ ।
वाशिङटन पोस्टका अनुसार रकेट र मिसाइल प्रणालीलाई नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निशाना बनाइएको छ । इरानको तेल ट्याङकरमाथि आक्रमण र त्यसपछि इरानले अमेरिकी हवाइ ड्रोन खसालेपछि अमेरिकाले इरानविरुद्ध यस्तो कदम उठाएको हो ।
यो साइबर आक्रमण केही हप्ता जारी रहने बताइएको छ । साइबर आक्रमणले इस्लामिक रिभोल्युसनरी गार्ड कर्पले प्रयोग गर्ने हतियार प्रणालीलाई निशाना बनाउनेछ । आक्रमणपछि यी हतियारको अनलाइन प्रणाली बन्द हुनेछ र अफलाइन प्रणालीबाट सञ्चालन गर्नुपर्ने हुन्छ ।
यद्यपि शनिबार अमेरिकी गृह सुरक्षा विभागले भने इरानले अमेरिकाविरुद्ध साइबर आक्रमण गरेको भन्दै चेतावनी दिएको थियो ।
यसबाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो शैली नबदले अन्य कडा प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् । ‘हामी केही अरु प्रतिबन्ध लगाउँदैछौँ । केही चीजमा त अझ चाँडो प्रतिबन्ध लगाउँदैछौँ ।’
इरानले आफ्नो परमाणु कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नै सीमाभन्दा धेरै बढाएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो बयान दिएका थिए ।
सन् २०१५ को परमाणु सम्झौता अनुसार, इरानमाथि युरेनियम संबर्द्धनमाथि सीमा लगाइएको थियो । यसको बदलामा इरानमाथि लगाइएको केही प्रतिबन्ध हटाइएको थियो र इरानलाई तेल निर्यात गर्ने इजाजत दिइएको थियो । तेल नै इरान सरकारको आम्दानीको मुख्य स्रोत हो ।