विश्वकपमा ह्याट्रिक लिने यी बलरहरु

 असार ८, २०७६ आइतबार १९:४५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा भारतीय बलर मोहम्मद शामीले ह्याट्रिक लिए । 

भुवनेश्वर कुमार घाइते भएपछि उनको सट्टामा यो विश्वकपमा पहिलो पटक मैदानमा उत्रिएका शामी एकदिवसीय विश्वकपमा १० औं ह्याट्रिक लिने बलर भएका छन् । 

विश्वकपमा ९ बलरले १० पटक ह्याट्रिक लिँदा श्रीलंकाका बलर लसिथ मालिंगाले दुई पटक ह्याट्रिक लिएका छन् । यी हुन् विश्वकपमा ह्याट्रिक लिने बलरहरु–

१. चेतन शर्मा (१९८७)

भारतीय तीव्र गतिका बलर चेतन शर्माले एक दिवसीय विश्वकपको इतिहासमा नै पहिलो पटक ह्याट्रिक लिएका थिए । उनले समूह चरणको खेलमा न्युजिल्याण्डविरुद्ध ह्याट्रिक लिएका थिए । चेतनले न्युजिल्याण्डका केन रथरफोर्ड, इयान स्मिथ र इभिन च्याटफिल्डको विकेट लिएका थिए । जसमा तीन वटै विकेट क्लिन बोल्ड थियो ।  

२. सक्लिन मुस्ताक (१९९९)

चेतन शर्माले पहिलो पटक ह्याट्रिक लिएको १२ वर्षपछि पाकिस्तानका सक्लिन मुस्ताकले दोस्रो ह्याट्रिक लिए । उनले जिम्बाबेका हेनरी ओलोंगा, एर्डम युक्ले र पोमी बांग्वाको विकेट लिएका थिए । 

३. चामिन्दा भास (२००३)

श्रीलंकाका चामिन्दा भासले विश्वकपमा तेस्रो ह्याट्रिक लिए । उनले सुरुवाती तीन बलमा नै ह्याट्रिक लिएका हुन् । उनले बंगालादेशका हन्नान सरकार, मोहम्मद असरफुल र इसानुल हकको विकेट लिए । 

४. ब्रेट ली (२००३)

चामिन्दा भासले ह्याट्रिक लिएको ११ दिनपछि नै अष्ट्रेलियकाका तीव्र गतिका बलर ब्रेट लीले केन्याविरुद्ध ह्याट्रिक लिए । उनले केन्याका केन्नेडी ओटिनो, ब्रिजाल पटेल र डेभिड ओवुयाको विकेट लिए । 

५. लसिथ मालिंगा (२००७)

विश्वकपमा दुई पटक ह्याट्रिक लिएका श्रीलंकाका बलर लसिथ मालिंगाले पहिलो पटक सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्ध ह्याट्रिक लिएका थिए । उनले लगातार चार बलमा चार विकेट लिएका हुन् । उनले शन पलक, एन्ड्रयु हल, ज्याक कालिस र मखाया एन्टिनीको विकेट लिएका हुन् । 

६. केमर रोच (२०११)

सन् २०११ मा नेदरल्याण्ड्सविरुद्धको खेलमा वेस्ट इण्डिजका केमार रोचले छैंठौ ह्याट्रिक पूरा गरे । रोचले पिटर सीलर, बर्नान्ड लुट र बेरेन्ड वेष्टजिकको विकेट लिए ।

७. लसिथ मालिंगा (२०११)

केमार रोचले ह्याट्रिक लिएको भोलिपल्ट श्रीलंकाका लसिथ मालिंगाले विश्वकपमा दोस्रो पटक ह्याट्रिक लिने बलर बने । केन्याविरुद्धको खेलमा मांलिगाले तान्माय मिश्रा, पिटर अनगोन्डो र सेम गोचेको विकेट लिएका हुन् । 

८. स्टेभेन फिन (२०१५)

अष्ट्रेलियाविरुद्धको अन्तिम ओभरमा लगातार तीन बलमा विकेट लिँदै इंग्ल्याण्डका स्टेभेन फिनले ह्याट्रिक पूरा गरे । उनले अष्ट्रेलियाका ब्राड ह्याडिन, ग्लेन म्याक्सवेल र मिचेल जोन्सोनको विकेट लिए । 

९. जेपी डुमिनी (२०१५)

विश्वकपमा नवौं ह्याट्रिक दक्षिण अफ्रिकाका जेपी डुमिनीले लिए । उनले श्रीलंकाका एन्जेलो म्याथ्युज, नुवान कुलसेकरा र थारिन्दु कौशलको विकेट लिए । 

१०. मोहम्मद शामी (२०१९) 

भारतीय बलर मोहम्मद शामी जारी विश्वकपमा ह्याट्रिक लिने पहिलो बलर पनि हुन् । उनले अफगानिस्तानका मोहम्मद नाबी, अफताब आलम र मुजिब उर रहमानको विकेट लिएका हुन् ।  
 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया