भाटभटेनी मनी ट्रान्सफरबाट पठाएकाे पैसा सांग्रिला डेभलपमेन्ट बैंकबाट झिक्न सकिने

 असार ९, २०७६ सोमबार ८:३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर कम्पनीबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापछि अब भाटभटेनी मनी ट्रान्सफरमार्फत देश तथा विदेशबाट पठाएको पैसा सोझै बैंकको कुनै पनि शाखाबाट निकाल्न सकिने छ । 

बैंकको देशभर रहेका ८५ वटै शाखाबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको पैसा झिक्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताउनुभयो । 

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर कम्पनीका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गर्नुु भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया