जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ - गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल दोहोरो झडपमा मारिएको बताउनुभएको छ ।
संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा मन्त्री थापाले गस्तिमा रहेका प्रहरीलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गरेको जवाफी कारवाहीमा पौडेल मारिएको बताउनुभयो ।
गएको असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा प्रहरीको गोली प्रहारबाट पौडेलको ज्यान गएको थियो ।
प्रहरीसँगको जवाफी कारवाहीमा अन्य तीन जना भने जंगलतर्फ भागेको र त्यसक्रममा प्रहरीले प्रहार गरेको गोली अर्को एक जनालाई लागेको आशंका गरिएको पनि गृहमन्त्री थापाले बैठकमा जानकारी गराउनुभयो ।
विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवं सर्वसाधारण व्यक्तिहरुलाई धम्क्याउँदै चन्दा माग्ने र नदिएमा ज्यान मार्ने धम्कीहरु दिने गरेको गुनासो आएपछि प्रहरीले त्यसक्षेत्रलाई निगरानीमा राखिरहेको पनि मन्त्री थापाको भनाइ छ ।
घटनास्थलबाट प्रहरीले मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली ६ थान बरामद गरेको जानकारी पनि मन्त्री थापाले बताउनुभयो ।
समितिको आइतबार बसेको बैठकमा नेकपाका सांसद जनार्दन शर्माले कुमार पौडेललाई पञ्चायतकालमा जसरी यातना दिएर मारेको भन्दै आक्रोस व्यक्त गर्नुभएको थियो । उहाँले घटनाका बारेमा गृहमन्त्रीले जवाफ दिनुपर्ने भन्दै बैठकमा बोलाउन माग गर्नुभएको थियो ।