आँधीले त्रिपाल उडाउँदा राजस्थानमा १४ जनाकाे ज्यान गयाे

 असार ९, २०७६ सोमबार ११:१६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारत राजस्थानको बाडमेरमा धार्मिक कार्यक्रम चलिरहँदा आएकाे आँधीका कारण १४ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै घाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

धार्मिक कार्यक्रम चलिरहेका बेला आँधिले त्रिपाल उडाउँदा र त्रिपाल गाड्न प्रयाेग भएको खम्बाले लाग्दा उनीहरुको ज्यान गएको भारतीय अधिकारीले बताएका छन् ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपुर्ति दिने घोषणाा गर्नुभएको छ ।   

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया