इरानसँग वार्ताको लागि पूर्व शर्त छैन : अमेरिकी राष्ट्रपति ट्रम्प

 असार ९, २०७६ सोमबार १४:३८:१६ | एजेन्सी
unn.prixa.net

पछिल्लो समय अमेरिका र इरानबीच विवाद बढ्दो छ । आइतबार मात्रै अमेरिकाले इरानको हतियार प्रणालीमाथि साइबर आक्रमण सुरु गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको लागि कुनै पूर्व शर्त नरहेको र इरानलाई कुनै हालतमा परमाणु हतियार हासिल गर्न नदिने बताएका छन् । 

सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई इरानको परमाणु सम्झौताबाट हटाउँदै तेहरानमाथि प्रतिबन्ध लगाएका थिए । ट्रम्प भारतजस्ता देशलाई इरानबाट तेल खरिद गर्न रोक्न चाहन्थे । 

पत्रकार सम्मेलनमा पत्रकारहरुले राष्ट्रपति ट्रम्पलाई सोधेका थिए, ‘इरानसँग वार्ता गर्नको लागि कुनै पूर्व शर्त छ ?’ जवाफमा ट्रम्पले भने, ‘जहाँसम्म मलाई लाग्छ, कुनै पूर्व शर्त छैन ।’

‘इरानले परमाणु हतियार राख्न पाउँदैन । इरान यो मुद्दामा वार्ता गर्न चाहन्छ भने ठिक छ नत्र आगामी दिनमा इरानले बिग्रँदो अर्थव्यवस्थाको सामना गर्नुपर्दछ,’ ट्रम्पले भने ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया