राेहन गुरुङलाई सरकारले दियो ३० लाख सहायता, माग थियो एक करोड ५ लाख

 असार ९, २०७६ सोमबार १९:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङलाई ३० लाख रुपैयाँ सहायता दिएको छ । 

गएको फागुन २४ गते गुरुङको घरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराउँदा गाडी र घरमा क्षति पुगेको थियो । बम विस्फोटको क्षतिपूर्तिस्वरुप जेठ महिनामा गुुरुङलाई ३० लाख रुपैयाँ सहायता दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अध्यक्ष गुरुङले पनि सरकारले दिएको ३० लाख रुपैयाँ हात परेको जानकारी दिनुभयो । तर सरकारसँग भने गुरुङले आफ्नो घरमा १ करोड ५ लाख रुपैयाँ बराबरको क्षति पुगेको विवरण दिनुभएको थियो । 

‘मेरो १ करोड ७५ लाख रुपैयाँ पर्ने गाडी ध्वस्त भएको छ, घरमा पनि धेरै क्षति पुगेको छ, मेरो गाडी र घर दुवैको इन्स्योरेन्स कभर भएन, त्यसैले सरकारले दिएको ३० लाख रुपैयाँ लिएको हुँ’, गुरुङले उज्यालो अनलाइनसँग भन्नुभयो । 

बीमा भएको भए आफूले सरकारसँगबाट क्षतिपूर्ति नलिने तर बीमाबापतको रकम पनि नपाउने भएकाले सरकारसँग क्षतिपूर्तिको माग गरेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया