एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच जना मन्त्रीको नाम...
बैशाख ६, २०८१ बिहिबार
जापान कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा इक्वेडरले बराबरीमा रोकेपछि जापानको क्वार्टरफाइनल पुग्ने सम्भावना सकिएको हो । जापानले शुरुवातमा अग्रता लिए पनि जोगाउन सकेन ।
१५औं मिनेटमा शोया नाकाजिमाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा पुर्याए । दोस्रो हाफमा कुनै गोल हुन नसक्दा जापान समूह चरणबाटै बाहिरिएको हो ।
समूह सीबाट उरुग्वे र चिली क्वार्टरफाइनलमा पुगिसेकेका छन् । मंगलबार भएको अन्तिम खेलमा उरुग्वेले चिलिलाई हरायो । जितपछि उरुग्वे समूहको विजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको छ ।
रियो दि जेनेरियोमा भएको खेलमा उरुग्वेको जितमा इडिन्स कभानीको गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ८२औं मिनेटमा कभानीले गोल गरेका थिए ।