विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ

 असार १०, २०७६ मंगलबार ९:४०:३८ | रासस
unn.prixa.net

नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् ।

विप्लव समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया