कच्चा दूधमा बर्ड फ्लूको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएच...
बैशाख ८, २०८१ शनिबार
नवलपरासी – कावासोती नगरपालिकाको गाडीमा सोमबार राति नचिनेको मानिसको समूहले आगजनी गरेका छन् ।
कावासोती नगरपालिका उप–मेयर प्रेमशंकर मर्दनिया थारुको घर अगाडि पार्किङ गरेर राखिएको लु १ झ ३२१ नम्बरको स्कर्पियो गाडिमा आगजनी भएको हो ।
कावासोती नगरपालिका –१५ , बागखोरमा रहेको घर अगाडि राखिएको गाडीमा सोमबार राति साढे १ बजेको समयमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
आगजनीबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ । आगजनी गर्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ । आगजनी भएको गाडी उप–मेयर मर्दनियाले प्रयोग गर्दै आउनुभएको थियो ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।