उपचुनावकाे सुरक्षा तयारी पूरा, दुई हजार जनाभन्दा धेरै प्रहरी...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – ललितपुर महानगरपालिका आफैँले कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउने भएको छ । ललितपुर महानगरले कुपण्डोल–जावलाखेल–लगनखेल– मंगलबजार–पुल्चोक रुटमा साइकल लेन बनाउने योजनासहित टेण्डर आह्वान गरेको छ ।
महानगरका अनुसार साइकल लेन बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो रकमले कुपण्डोलदेखि लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाउने महानगरेको योजना रहेको छ । सडक विस्तार नगरी अहिले भएकै सडकको छेउमा १.२ मिटर क्षेत्रमा साइकल लेनका रुपमा रेखांकन गरिने नगरपालिकाले जनाएको छ ।
यसबाट साइकल यात्रीको सुरक्षाकासाथै वातावरण पनि स्वच्छ हुने महानगरको विश्वास छ ।