नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
रुपन्देही - रुपन्देहीमा चट्याङले लागेर ३ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउँपालिका २ का ६० वर्षीय नन्दराम अर्याल, सैनामैना ७ का ६२ वर्षीय चन्द्रबहादुर विक र गैडहवा ७ का २५ वर्षीय भगवानदास लोधको चट्याङ लागेर ज्यान गएकाे हाे । घरको खेतमा काम गरीरहेको बेला मंगलबार साँझ परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सियारी गाउँपालिका-२, की १४ वर्षीया ममता साहनी, वडा नम्बर ७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको उपचार भइरहेको छ ।