प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
सल्यान – सल्यानको कुपिण्डे तालमा डुबेर बेपत्ता भएका एक जना तीन दिनसम्म पनि भेटिएका छैनन् ।
गएको सोेमबार बेलुकी वनगाड कुपिण्डे नगरपालिका–८, का ३६ वर्षीय गोकुल बुढा पौडी खेल्ने क्रममा तालमा डुबेका थिए । उनीसँगै पौडी खेलेका अरु तीन जना साथीहरु सकुशल रहेको भए पनि उनी भने तालमा डुबेको स्थानियले बताएका छन् ।
तीन दिनदेखि खोजी कार्य चलिरहेको भए पनि अझैसम्म उनी भेटिएका छैनन् । बुधबार पनि स्थानीय र प्रहरीको टोलीले खोज्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विरेन्द्रबहादुर शाहीले बताउनुभयो । बुधबार पनि नभेटिए गोताखोरका लागि पहल गरिने उहाँले बताउनुभयो ।
झण्डै ३३ मिटर गहिरो सल्यानको कुपिण्डे तालमा पछिल्लो पटक झण्डै २ दर्जन डुङ्गा सञ्चालन भए पनि भौगालिक रुपमा ताल अप्ठ्यारो भएकोले पौडीको लागि जोखिमपूर्ण मानिन्छ ।