बाढीले बगाएर ल्याएको दाउरा छोप्न लाग्दा एक जनालाई अरुण नदीले बगायो

 असार १३, २०७६ शुक्रबार १६:५२:२३ | सन्ताेष रुचाल
unn.prixa.net

फाइल फाेटाे

धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारबाट शुक्रबार बिहान अरुण नदीले बगाएर एक जना बेपत्ता भएका छन् ।

वर्षासँगै नदीमा बाढी आएपछि बढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अरुण नदीले बगाउँदा महालक्ष्मी नगरपालिका–४ सिखरकटेरीका ५२ वर्षीय मानबहादुर योगी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताउनुभयो । परिवारसँगै नदीमा दाउरा निकाल्न गएका योगीलाई बिहान ९ बजेतिर नदीले बगाएको थियो ।

योगीलाई नदीले बगाएर बेपत्ता बनाएपछि अहिले चानुवा प्रहरी चौकी र स्थानीयवासीहरुको सक्रियतामा उनको खोजी कार्य जारी रहेको चानुवा प्रहरी चौकीका असई श्याम कार्कीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया