रामेछापमा जीप दुर्घटना : चालकको ज्यान गयो, वडा अध्यक्ष घाइते

 असार १४, २०७६ शनिबार ९:२२:३५ | दीपक भट्ट
unn.prixa.net

सांकेतिक तस्बिर

रामेछाप –  रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर–१, दुरागाउँको गुरुवाङ्गमा जीप दुर्घटनामा चालकको ज्यान गएको छ ।

ना ४ च ६२०५ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा चालक क्याल्वु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिनुभयो । 

दुर्घटनामा परि दुरागाउँकै वडा अध्यक्ष निङमार तामाङ घाइते हुनु भएको छ ।  उहाँको अहिले दुरागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया