कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – लमजुङको बेसीशहरमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सीटी बन्ने भएको छ ।
बुधबार सञ्चार मन्त्रालयमा एक कार्यक्रमका बीच वर्ल्ड एरिया लाइन भिलेज नेपाल नामक फिल्म सिटीको निर्माण वर्ल्ड एरिया होल्डिङ इटाली र स्काई इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्रालिले संयुक्त लगानीमा निर्माण हुने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको उपस्थितिमा वर्ल्ड एरिया हाेल्डिङ इटालीका तर्फबाट अध्यक्ष फ्रान्सेस्को सिङ्नाेरिएलो र स्काई इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्राइभेट लिमिटेड नेपालका तर्फबाट अध्यक्ष आकाश अधिकारीले हस्ताक्षर गर्नुभयो ।
यसको निर्माण लागत अनुमानित ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । ५ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको फिल्म सिटीको निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाङकन र सम्पादनको सुविधा उपलब्ध हुने छ ।
फिल्म सिटीको निर्माणबाट आन्तरिक रोजगारी सिर्जना हुनुका साथै सरकारले राजस्वसमेत प्राप्त गर्ने छ । फिल्म सिटीको निर्माणसँगै त्यस क्षेत्रमा एउटा पाँचतारे होटलका साथै अन्य पर्यटकीय पूर्वाधारसमेत निर्माण गरिने छ ।