बिहीबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 असार १९, २०७६ बिहिबार १०:४२:८ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा तोकेको  थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३२ पैसा र बिक्रीदर २९ रुपैयाँ ४८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा छ । हिजो बुधबार खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा थियो। 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ११ पैसा थियो । 

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७३ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा छ । हिजो खरिददर र ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा थियो । 

बिहीबार कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६३ रुपैयाँ ८८ पैसा छ । हिजो खरिददर ३६१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९० पैसा रहेको थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९३ रुपैयाँ २७ पैसा छ । बुधबार खरिददर २९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ३४ पैसा थियो । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया