काठमाण्डाैकी उपमेयर खड्गी अस्पताल भर्ना

 असार २०, २०७६ शुक्रबार १६:१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना हुनुभएकाे छ ।

बिहान अकास्मात छातीमा पीडा भएपछि उहाँलाई थापाथलीकाे नर्भिक अस्पताल भर्ना गरिएकाे हाे । अस्पतालकाे इमर्जेन्सी वार्डमा राखेर एन्जिओग्राफी गरिसकिएकाे र अहिले सीसीयू कक्षमा राखिएकाे अस्पतालले जनाएकाे छ । 

उपमेयर खड्गीकाे स्वास्थ्य अवस्था अहिले सामान्य रहेकाे र आज अस्पतालमा नै राखेर उपचार गरिने अस्पताल स्राेतले जनाएकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया