चेक बाउन्स घटनामा संलग्न एक जना पक्राउ

 असार २०, २०७६ शुक्रबार २०:४१:३९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – चेक बाउन्स घटनामा संलग्न एक जना शुक्रबार इलामबाट पक्राउ परेका छन् ।

आफ्नो निजी कारोबार मिलाउन खातामा पैसा नभए पनि चेक दिएर ठगी गर्ने विनोद मोक्तानलाई शुक्रबार इलाममा पक्राऊ गरिएको हो । चेक बाउन्स कसूरमा पक्राऊ परेका इलामको सूर्योदय नगरपालिका वडा नम्बर-११ का ४२ वर्षीय मोक्तानले ताप्लेजुङ्गका चुङ्गदा शेर्पालाई ठगी गरेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

प्रहरीका अनुसार मोक्तानले रकम नभएको आफ्नो खाताको चेक प्रयोग गर्दै ताप्लेजुङ फक्तालुङ गाँउपालिका वडा नम्बर ५ का शेर्पालाई १६ लाख बराबरकाे चेक काटेर दिएका थिए । प्रहरी कार्यलयमा चेक बाउन्ससम्बन्धी उजुरी परेपछि मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताउनु भयो । पक्राउ परेका मोक्तानमाथि अनुसन्धान थालिएको छ । 

चेक बाउन्स गर्नेलाई बैकिङ कसूरसम्बन्धी ऐनमा त्यसको दोब्बर जरिवाना तथा धरौटी दिनुपर्ने र धरौटी बुझाउन नसके कैद सजाय हुने कानुनी व्यवस्था छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया