अमेरिकाको क्यालिफोर्नियामा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प

 असार २१, २०७६ शनिबार १२:३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाको क्यालिफोर्नियामा शनिबार ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । 

नेपाली समय अनुसार शनिबार बिहान ९ बजेर ४ मिनेट जाँदा क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वे (यूएसजीएस) ले जनाएको छ । 

शुक्रबार बिहान पनि यही ठाउँ केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । दुई दिनभन्दा कम समयको अन्तरालमा शक्तिशाली दुई वटा भूकम्प आएको हो । शनिबार आएकाे भूकम्प बिहीबारकाे भन्दा १० गुणा बढी शक्तशाली भएकाे यूएसजीएसले जनाएकाे छ ।

भूकम्पका कारण भवन र जमिनमा ठूलाठूला चिरा परेका छ । भूकम्प कारण विद्युत आपूर्ति बन्द भएको छ । भूकम्पपछि अहिलेसम्म १४ सय पटकभन्दा बढी परकम्प आइसकेको (यूएसजीएस) ले जनाएको छ । 

भूकम्पका कारण ठाउँठाउँमा आगलागी घटना भएका छन् भने केही मानिसहरु घाइते भएका छन् । भूकम्पबाट प्रभावितहरुका लागि क्यालिफोर्निया राज्यले आपतकालीन सेवा केन्द्रहरु चलाएको छ ।   

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया