प्रधानमन्त्री रोजगार कार्यक्रम : कालिकाेटका द्वन्द्वपीडित, एकल महिला र शहीद परिवारलाई गाउँमै रोजगारी

 असार २२, २०७६ आइतबार ११:१०:१२ | मनिराज पाण्डे

कालिकोट – कालिकोटको पलाँता गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । गाउँपालिकाले गरिब, द्वन्द्वपीडित, एकल महिला र शहीद परिवारलाई प्राथमिकता दिएर गाउँठाउँमै रोजगारी दिएको छ ।

कार्यक्रममार्फत विद्यालय तथा घोडेटो बाटो निर्माणलाई प्राथमिकता दिइएको पलाँता गाउँपालिका रोजगार संयोजक जैमल बुढाले जानकारी दिनुभयो । गाउँमै रोजगारी पाएपछि गरीब, एकल महिला, द्वन्द्व पीडीत र शहीद परिवार खुशी भएका छन् ।

पलाँतामा प्रधानमन्त्री रोजगार कार्यक्रमले १ सय ८० जनालाई रोजगारी दिएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले जानकारी दिनुभयो ।

कामका लागि पारिश्रमिक आयोजना अन्तर्गत यहाँका सबै वडाहरुमा विद्यालय भवन मर्मत, फिल्ड निर्माण, खेल मैदान निर्माण, बाटो मर्मत, मन्दिर निर्माण, लगायतका कामहरु सञ्चालन भएका छन् । 

कार्यक्रमका लागि गाउँपालिकालाई ३७ लाख रुपैयाँ बजेट प्राप्त भएको लेखा अधिकृत खेमलाल पुनले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया