दक्षिण अफ्रिकाको केपटाउनमा २४ घण्टाभित्र ८ जनाको गोली हानी हत्या

 असार २२, २०७६ आइतबार ११:५५:२४ | एजेन्सी
unn.prixa.net

दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा २४ घण्टाभित्रमा आठ जनाको गोली हानी हत्या भएको छ ।

समूहसँग सम्बन्धित हिंसाका कारण हत्या भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ । गएको शुक्रबार राति फिलिपीमा १८ वर्षदेखि २६ वर्षबीचका ६ जना महिलाको हत्या गरिएको प्रहरी प्रवक्ता एफसी वेनविकले बताएका छन् । 

त्यस्तै शनिबार बिहान ह्यानवोभर पार्क नजिकै २३ वर्षीय पुरुष र १८ वर्षीया किशोरीको हत्या गरिएको हो ।  

हत्या अभियोगमा अहिलेसम्म कसैलाई पनि गरिफ्तार गरिएको छैन र ती व्यक्तिहरुको हत्या किन गरिएको हो भन्ने बारेमा थाहा भएको छैन । प्रवक्ता वेनविकले भने, ‘घटनाको जाँच गर्न दोहोरो हत्याको मुद्दा दर्ता गरिएको छ ।’    

बर्सेनि समूहसँग सम्बन्धित हिंसाका कारण दर्जनौँ व्यक्तिहरुले ज्यान गुमाउँदै आएका छन् । गएको वर्षमात्रै राष्ट्रपति रामापोसाले शहरमा बढ्दै गरेको गिरोह हिंसा रोक्न विरोध गिरोह सञ्चालन गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया