लागुऔषधसहित शिक्षक पक्राउ

 असार २३, २०७५ शनिबार १८:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – लागुऔषधसहित निजी विद्यालय शिक्षक नेपाल–भारत सीमा क्षेत्रको मर्यादपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देही जिल्ला सालझण्डीमा रहेको नव प्रभात बोर्डिंङ्ग स्कुलका २५ वर्षीय शिक्षक अनुष कोइराला रहेको प्रहरीले जनाएको छ । 
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर–५, गोरुसिंगे बस्ने शिक्षक कोइरालाबाट नेपालमा प्रतिबन्धित लागुऔषध नाइट्ेजेपाम चक्की ७ थान र स्पास्मो ६ थान बरामद भएको प्रहरीले जनाएको छ । 

सीमावर्ती भारतीय बजार खुनुवाबाट लागुऔषध गरिद गरी ल्याउँदै गर्दा शिक्षक कोइरालालाई चेकजाँंचका क्रममा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । पक्राउ गरिएका शिक्षक कोइरालालाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया