लिबियामा भएकाे हवाइ आक्रमणमा सात जनाकाे ज्यान गयाे

 असार २२, २०७६ आइतबार २०:५१:३२ | रासस
unn.prixa.net

लिबियाको राजधानी त्रिपोलीको पूर्वी नगर ताजौरामा रहेको आप्रवासी केन्द्रमा भएको हवाइ आक्रमणमा सात जना मोरक्कोका नागरिकको मृत्यु भएको छ ।

हवाइ आक्रमणका समयमा त्यस केन्द्रमा १८ जना मोरोक्काली आप्रवासी रहेका थिए । मोरक्कोका विदेश मन्त्रीले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा हवाइ आक्रमणबाट आठ जना घाइते भएका अरु तीन जना बेपत्ता रहेको उल्लेख छ ।

विज्ञप्तिमा घाइते तथा मृत्यु भएका व्यक्तिको शव मोरक्को फिर्ता ल्याउन लिबियाली अधिकारीहरुसँग कुराकानी भइरहेको जनाइएको छ । 

कागजातविहीन अफ्रिकी र अरब मुलुकका नागरिकलाई सामुद्रिक मार्गबाट युरोप प्रवेश गर्ने लिबिया मुख्य मार्ग हो । युरोपेली युनियनको आर्थिक सहयोगमा यस्ता अवैध आप्रवासीलाई लिबियाको जलक्षेत्रबाट पक्राउ गरी अस्थायी शिविरमा राख्ने गरिएको छ ।

तजौरामा गएकाे मंगलबार भएको हवाइ आक्रमणबाट कम्तीमा ५३ जनाको मृत्यु हुनुका साथै १३० जना घाइते भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया