स्पेनको साँढे जुधाइ (तस्बिरमा)

 असार २३, २०७६ सोमबार १८:०:४७ | एजेन्सी
unn.prixa.net

स्पेनको शहर पामप्लोनामा वार्षिक रुपमा हुने 'सान फर्मिन' अर्थात् साँढे जुधाइको क्रममा तीन जना गम्भीर घाइते भएका छन् । 

घाइते हुनेहरुमा २३ वर्षीय र ४६ वर्षीय दुई अमेरिकी नागरिक र एक जना स्पेनकै नागरिक रहेका छन् । अन्य दुई जनालाई अस्पताल र केही मानिसहरुको टाउकोमा चोट लागेकाले अस्पताल पठाइएको छ । त्यस्तै ४८ जनालाई रेडक्रसले उपचार गरिरहेको छ । 

गएको जुलाई ६ देखि सुरु भएको 'सान फर्मिन' आउँदो आइतबारसम्म स्पेनको साँघुरो सडकमा आयोजना हुनेछ । 

यो पर्वमा घाइते हुनु सामान्य नै हो । सन् १९१० देखि सुरु भएको यो पर्वमा अहिलेसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् । सन् २००९ मा ड्यानियल जिमेनो रोमियोपछि अन्यले ज्यान गुमाएका छैनन् । 

तर आइतबार ४६ वर्षीय अमेरिकी नागरिकको भने घाँटीको सर्जरी गर्नुपर्ने भएकाे छ । 

यो साँढे जुधाइ पर्वमा विश्वभरिबाट हजारौँका संख्यामा मानिसहरु उपस्थित हुने गरेका छन् । 

'सान फर्मिन' सँग पर्व र संस्कृति जोडिएको हुनाले पनि पटक-पटक पशु अधिकारकर्मीहरुको व्यापक विरोध भए पनि यो रोकिन गाह्रो छ । गएको शुक्रबार मात्रै पशु अधिकारकर्मीहरुले पामप्लोना सडकमा जनावरकाे आकृतिमा सुतेर विरोध जनाएका थिए ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया