कमेडी च्याम्पियन र रेडियो अडियोबीच सम्झाैता

 असार २४, २०७६ मंगलबार १९:१६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कमेडी रियालिटी सो कमेडी च्याम्पियन र रेडियो अडियोबीच सम्झौताभएको छ ।

थ्री प्रोडक्सन प्रा.लि.ले उत्पादन गर्न लागेको कमेडी च्याम्पियनको एक्सक्लुसिभ ब्रोडकाष्टिङ्ग पार्टनरको रुपमा रेडियो अडियोसँग सम्झौता भएको हो । हास्यव्यङ्ग्यसँग सम्बन्धित कमेडी च्याम्पियन नेपालको पहिलो रियालिटि शो हो जसले नयाँ हास्यव्यङ्ग्यका नयाँ प्रतिभा जन्माउने अपेक्षा गरिएकाे छ । पहिलो चरणको कमेडी च्याम्पियन २५ हप्तासम्म कान्तिपुर टेलिभिजनसँगै रेडियो अडियोबाट र यसका नेटवर्क स्टेशनबाट एकै साथ प्रसारण हुनेछ ।

यो सम्झौतासँगै अब कमेडी च्याम्पियनमा सहभागी हुन रेडियो अडियोबाट पनि अडिसन दिन मिल्ने भएकाे छ । उपत्यका बाहिरका सहभागीले रेडियो अडियोको आईभीआर सर्भिस प्रयोग गर्न सक्नेछन् ।  

मंगलबार रेडियो अडियो कार्यालयमा रेडियोका निर्देशक अमितचन्द्र अधिकारी र कमेडी च्यापियनका निर्देशक बिशाल भण्डारीबीच रेडियो पार्टनरको रुपमा सहकार्य गर्ने सम्झौता भएको हो । 

कान्तिपुर टेलिभिजन सँगै रेडियो अडियोबाट र यसका नेटवर्क स्टेशनबाट एकै साथ प्रसारण हुने कमेडी च्याम्पियनमा बरिष्ट हास्यकलाकार सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायकमा रहेका छन् । 

कमेडी च्याम्पियनमा सहभागिता जनाउनका लागि गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स  डाउनलोड गरेर सम्पादन नगरिएको ३ मिनेटको स्ट्यान्डप कमेडी भिडियो अपलोड गर्नुपर्नेछ । साथै विदेशबाट सहभागिता जनाउनेका लागि ५ मिनेटको सम्पादन नगरिएको स्ट्यान्डप कमेडी भिडियो पठाउनु पर्नेछ ।

यस्तै  रेडियो अडियोको कार्यालयमा भिडियो पठाएर पनि कमेडी च्यापियनमा सहभागिता जनाउन सकिने रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीले बताउनुभयाे । 

कमेडी च्याम्पियनका विजेताले २५ लाख रुपैयाँ र एउटा कारसहित ५० लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । केकी अधिकारी,राज घिमिरे र सृजे थपलिया निर्माता रहेकाे कमेडी च्याम्पियनलाई नायिका तथा नेपाल आइडलमा समेत काम गरेको अनुभव बटुलेकी रिमा विश्वकर्माले हाेस्ट गर्ने जनाइएकाे छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया