कर्णाली प्रिमियर लिगः मध्यपश्चिम, धनगढी र रुपन्देही– ११ विजयी

 जेठ ५, २०७५ शनिबार २०:३२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत, जेठ ५ – सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रिमियर लिग(केपीएल) मा आज भएको तेस्रो खेलमा रुपन्देही ११ ले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनायो । आर्मीको लागि भीम सार्कीले सर्वाधिक ४३ रन, कप्तान बिनोद भण्डारीले ३२ रन र सागर पुनले २९ रन बनाए । सार्कीले ३० बलमा ४ चौका र २ छक्का र भण्डारीले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।  रुपन्देहीका बलर कृष्ण कार्की र बशिर अहमदले समान ४/४ विकेट हात पारे ।

लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले २.२ ओभरमा २४ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो जसपछि पुनः आधा घण्टा पछि खेल सुरु हुँदा प्याराबोला प्रणाली अनुसार रुपन्देहीलाई ११ ओभरमा ९३ रनको लक्ष्य दिइएको थियो ।

२/१ को अवस्थामा रहेको रुपन्देहीले त्यसपछि ५२ रनको स्कोरमा ६ विकेट गुमाउन पुग्दा हारको खतरा देखिएको थियो। तर सातौँ नम्बरमा ब्याटिङ गर्न आएका सुरज दराईले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४ चौका र ४ छक्का प्रहार गरेपछि रुपन्देहीले ६ बल अगावै लक्ष्य पूरा गरेको थियो। सातौँ विकेटको लागि दराईले शक्ति गौचनसँग ४६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए ।

यस्तै आज भएको खेलमा मध्यपश्चिम क्रिकेट क्लबले रोयल राइजिंग क्लबलाई ८ विकेटले पराजित गर्दै बिजयी भएको छ ।  टस हारेर ब्याटिंगको निम्तो पाएको रोयल राइजिंग क्रिकेट क्लबले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाई ८७ रन मात्रै बनायो ।

मध्यपश्चिम क्रिकेट क्लबका बलर दिपेन्द्र रावतले ४ विकेट हात पार्न ४ ओभरमा १५ रन खर्चिए । सुनिल सुनारले ३ विकेट र भिम धमलाले २ विकेट लिए । रोयलको लागि ओपनिंग ब्याटिंग गरेका प्रकाश जैसीले सर्वाधिक ३० रन बनाए । खुसिराम बिकले १६ र  दिवान पुनले १३ रन बनाए । 

८८ रनको लक्ष्य पाएको मध्यपश्चिमले ९ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।  जितमा ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउने क्रममा ५३ रनको स्कोर बनाउन मात्र २४ बलमा ५ छक्का र ४ चौका प्रहार गरे। यस्तै कप्तान शुबेन्दु पाण्डे र राजबिर सिंहले समान १४ रन बनाए । यसैगरी आजै भएको दोस्रो खेलमा  धनगढी क्रिकेट एकेडेमीले एबीसी स्पोर्ट्स क्लबलाई ३२ रनले पराजित गरेको थियो । 

टस जितेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनायो ।  धनगढीको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४० रन योगदान दिए भने ३५ बलमा ४ चौका प्रहार गरे । यस्तै बसन्त कार्कीले ३० रन बनाउन २० बलमा ३ छक्का र १ चौका प्रहार गरे ।  लोकेश बमले २५ तथा कप्तान भूवन कार्कीले १५ रन बनाए। एबीसीका बलर सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले समान २र२ विकेट लिए । 

लक्ष्य पछ्याउने क्रममा एबिसीले १२१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। एबिसीका ब्याट्सम्यान आयुष्मान बमले सर्वाधिक  ३१ तथा महेश खत्रीले २१ रन योगदान दिए । धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भूवन कार्कीले समान २/२ विकेट लिए ।

तेश्रो दिनको खेल पछि समूह ’ए’ मा टिकापुर क्रिकेट क्लब र रुपन्देही ११ २ खेलमा समान २/२ जितको साथ  ४ अंक बटुल्दै शीर्ष स्थानमा रहेका छन् भने समूह ’बी’ मा ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै धनगढी क्रिकेट एकेडेमी शीर्ष स्थानमा रहेको छ । यस्तै २ खेलमा १ जित र १ हार बेहोरेको मध्यपश्चिम क्रिकेट क्लब २ अंक बटुल्दै दोश्रो स्थानमा रहेको छ । 

गएको बिहीबारदेखि सुरु भएको कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ ।  कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया