विश्वकप क्रिकेट सेमिफाइनल: ३३ ओभरमा ६ विकेट, भारत संकटमा

 असार २५, २०७६ बुधबार १८:२१:० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले भारत र न्यूजिल्याण्ड खेलिरहेका छन् । मंगलबार भएकाे खेल वर्षाका कारण ४६।१ ओभरमा रोकिएपछि आज त्यहीँबाट सुरु भएको हो । 

न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ । तर भारतको सुरुआत भने एकदमै खराब रहेको छ । अहिलेसम्म भारतका ५ खेलाडी आउट भइसकेका छन् ।

जारी विश्वकपमा पाँच शतक बनाएका रोहित शर्मा व्यक्तिगत एक रन बनाएर आउट भएपछि भारतको विकेट पतनको सृंखला शुरु भएको थियो । ५ रन हुँदा कप्तान विराट कोहली पनि आउट भए । ५ रनकै अवस्थामा केएल राहुल पनि पेभेलियन फर्किए । दिनेश कार्तिक र ऋषभ पन्तले १९ रनको साझेदारी गरे ।

त्यो साझेदारी पनि धेरैबेर टिक्न सकेन । कार्तिक ६ रन बनाएर आउट भएका थिए । ऋषभ र हार्दिक पाण्ड्याले ४७ रनको साझेदारी गर्दै भारतको स्कोर ५० रन पार गराएका । तर ऋषभ पन्त ३२ रन बनाएर आउट भएपछि भारतले २२।५ ओभरमा ५ विकेट गुमाएर ७१ रन जोडेको थियो । अहिले क्रिजमा महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्या रहेका छन् । पाण्ड्याले २३ रन बनाएर खेलिरहेका छन् ।

मंगलबार न्यूजिल्यान्डले टस जितेर ब्याटिङ गर्न सुरु गरेको थियो । ४६ ओभरमा न्यूजिल्यान्डले ५ विकेट गुमाएर २११ रन बनाएको थियो । त्यही बेला वर्षा सुरु भएपछि खेल अगाडि बढ्न सकेन । आईसीसीको नियम अनुसार खेललाई रिजर्भ डे मा गर्ने फैसला गर्‌याे ।

न्यूजिल्यान्डले ४६।१ ओभरबाट आफ्नो खेल शुरु गरेको थियो । ५ विकेटको नोक्सानीमा २११ रन नाएको न्यूजिल्याण्डले आज २८ रन जोड्दै थप तीन विकेट गुमायो । निर्धारित ओभरमा २३९ रन बनाएपछि भारतले २४० रनको लक्ष्य पछ्याउन अहिले ब्याटिङ गरिरहेकाे हो ।

पहिलो दिन नट आउट रहेका रस टेलर र टम लाथम दुवैले व्यक्तिगत सात सात रन थपेर आउट भए । टेलर ७४ रनमा रन आउट हुँदा लाथमलाई १० रनमा भुवनेश्वर कुमारले पेभेलियन पठाए । १ रन बनाएर खेलिरहेका हेनरी निकलोसलाई पनि भुवनेश्वर कुमारले नै आउट गरे । न्यूजिल्याण्डका मिचेल सेन्टनर ९ तथा ट्रेन्ट बोल्ट ३ रनमा नट आउट रहे ।

मंगलबार टस जितेर पहिला न्यूजिल्याण्डले ब्याटिङ गरेको न्यूजिल्याण्डको स्कोरबोर्डमा १ रन हुँदा मार्टिन गप्तिललाई गुमाएको न्यूजिल्याण्डका लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले पारि सम्हाल्ने प्रयास गरेका थिए ।

यी दुईका बीचमा भएको ६८ रनको साझेदारी रवीन्द्र जडेजाले तोडेका थिए । निकोलस २८ रन बनाएर आउट भएका थिए । कप्तान विलियमसनले अर्धशतकीय पारि खेले पनि उनले टिमको स्कोरलाई अगाडि बढाउन असफल रहे । विलियमसनले ६७ रन बनाउँदा ९५ बल फेस गरेका थिए ।

कोलिन डी ग्रान्डहोम १६ रनमा आउट हुँदा जेम्स निशम १२ रनमा पेभेलियन फर्किए । भारतका भुवनेश्वर कुमारले ३ तथा जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजबेन्द्र चहलले समान एक-एक विकेट लिए । आजको विजेताले फाइनलमा अस्ट्रेलिया र इंग्ल्याण्डबीचकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया