दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकक...
बैशाख १२, २०८१ बुधबार
जापानी खेलाडी केइ निसीकोरीविरुद्ध एक सेटले पछि परेको स्थिति उल्टाउँदै स्वीस सुपरस्टार रोजर फेडेरर १३औं पल्ट विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।
सुस्त सुरुवातका बाबाजुद ८ पल्टका उपाधि विजेता फेडेररले निसीकोरीबिरुद्ध ४६, ६१, ६४ र ६४ को सेटमा जितसहित अल इंग्ल्याण्ड क्लबमा एक सयौं जित हासिल गरेका हुन् ।
फेडेरर ग्राण्डस्लाम इतिहासमै एकै प्रतियोगितामा १०० खेल जित्ने पहिलो खेलाडी बनेका छन् । सेमिफाइनलमा उनले रफायल नाडाल र साम क्वेरेरीबीच हुने खेलको विजेतासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।
२५ दिनपछि ३८ औं जन्मदिन मनाउन लागेका फेडेरर ग्राण्डस्लामको सेमिफाइनलमा पुग्ने दोस्रो पाका खेलाडी बनेका छन् । सन् १९९१ मा जिम्मी कर्नर ३९ वर्षको उमेरमा युएस ओपनको सेमिफाइनलमा पुगेका थिए ।
समग्रमा फेडेरर ग्राण्डस्लाम टेनिसमा ४५ औं पल्ट सेमिफाइनलमा पुगेका हुन् । यो संख्या सर्वियन स्टार नोभाक जोकोभिचको भन्दा ८ बढी हो । जोकोभिच बुधबारै भएको खेलमार्फत सेमिफाइनल पुगिसकेका छन् ।