हिमालय एयरलाइन्सले ढाकामा पनि उडान गर्ने

 असार २६, २०७६ बिहिबार २०:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिमालय एअरलाइन्सले साउन ६ गते (जुलाई २२) देखि काठमाण्डाै-ढाका सीधा उडान गर्ने भएको छ। 

काठमाण्डाै-ढाका रुटमा एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ प्रिमियम इकनोमी क्लास सिट क्षमता भएकाे न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउने बताइएकाे छ । एयरलाइन्ससँग अहिले तीन वटा नयाँ एयरबस ३२०–२०० का जहाजहरु उपलब्ध छन् । 

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने यात्रुलाई लक्षित गरि नयाँ उडान तालिका सार्वजनिक गरिएको एयरलाइन्सले जानकारी दिएको छ।

मध्यपूर्वी एसियाका गन्तव्य स्थलहरु दोहा, दुबई/आबुधाबी तथा दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बंगलादेशसहित मध्यपूर्वी एसियाका यात्रुका लागि काठमाण्डौ ट्रान्जिट हबको विकल्प बन्ने एयरलाइन्सकाे अपेक्षा छ ।

हिमालय एअरलाइन्सले हप्ताको तीन दिन ढाका उडान गर्ने कम्पनीले जनाएकाे छ । एयरलाइन्सको एच९ ६७८ बिमानले काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान गर्ने र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ। 

 एच ९ ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान गर्ने त्यसै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रने बताएकाे छ। दुईतर्फी उडानमै प्रिमियम इकाेनोमी क्लासमा २५ किलोसम्मको ब्याग निःशुल्क हुने र इकाेनोमी क्लासमा २० केजीसम्मको छुट हुने कम्पनीले जनाएकाे छ।

 

एअरलाइन्सले ‘एसएयर एयर बीडी’ कम्पनीलाई लाई आफ्नो साधारण बिक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ ।‘एसएयर एयर बीडी’ले बंगलादेशमा हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्दै बिक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्ने जनाइएकाे छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया