कलंकीकाे डुबान (तस्बिरमा)

 असार २७, २०७६ शुक्रबार १८:१२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातारको झरीका कारण काठमाण्डौको कलंकीका विभिन्न क्षेत्र डुबानमा परेको छ । 

कलंकी, खसी बजार, मैत्रीनगर र मदननगरका धेरै घर डुबानमा परेका छन् । भाटभटेनी सुपरमार्केटको आसपासमा रहेका घरमा बाढीका कारण फसेका स्थानीयलाई प्रहरीले उद्धार गरेको छ  ।

यस्तै महानगरीय प्रहरी प्रभाग र मालपोत कार्यालय पनि डुबानमा परेको छ । त्यस आसपासका धेरैजसो घरको पहिलो तला डुबानमा परेको प्रहरीले जनाएको छ ।

बाग्मती नदीमा खाएको बाढीले कीर्तिपुरमा पनि केही घर डुबानमा परेको छ ।  थानकोटको त्रिवेणाीचोक, दहचोकको नमुना बस्ती, नैकाप, विष्णुमती, तीनकुनेका केही घर पनि डुबानमा परेका छन् । 

 

 

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया