जन्मिएको केही घण्टामै अस्पतालबाटै शिशु गायब

 असार २७, २०७६ शुक्रबार २२:१५:५४ | देव पचभैया
unn.prixa.net

पाल्पा - लुम्बिनी मेडिकल कलेज प्रभासमा जन्मिएको केही घण्टामै शिशु गायब भएको छ । तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा  दिउँसो ३ बजेतिर हराएको प्रहरीको भनाइ छ ।  

सुत्केरी छोरीको हेरचाहमा गएकी आमा छोरीलाई जुवानोको झोल लिन क्यान्टिनमा जाँदा अपरिचित महिलाले शिशु लगेको प्रहरीले जनाएको छ । शिशु लिएर क्यान्टिन पुगेकी सुत्केरीकी आमालाई अपरिचित महिलाले 'म ल्याइदिन्छु, तपाईँ हिँड्नुस्' भनेको र उहाँ छोरी भएको ठाउँमा पुग्दा ती महिला नगएपछि शिशु हराएको थाहा भएको प्रहरीले जनाएको छ । 

शिशुको खोजी भैरहेको तर अस्पतालको सीसी क्यामेरासमेत बिग्रिएको हुनाले समस्या भएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया